नियम १३क
अभिलेख राख्नु पर्ने
—
(१) इजाजतपत्रवालाले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका कागजात र विवरणको अभिलेख राख्नु पर्नेछः–
(क) चुरोट उत्पादक इजाजतपत्रवालाले अनुसूची– ४, ५, ६, ७, ८, ९ र ९क. बमोजिमका खाता र तिनको विवरण,
(ख) मदिरा, स्प्रिट, खुदो र वियर उत्पादक इजाजतपत्रवालाले अनुसूची – ४, ९क., १०, ११ र १२ बमोजिमका खाता, फाँटवारी र तिनको विवरण,
(ग) अन्तशुल्क विवरण वुझाउनु पर्ने सबै इजाजतपत्रवालाले अनुसूची–४ग. र ४घ. बमोजिमका खरिद तथा बिक्री खाताहरू,
(घ) आफूले जारी गरेका तथा प्राप्त गरेका बिजकहरू,
(ङ) व्यापार, लेखा, नगद प्राप्ती र भुक्तानी सम्बन्धी अभिलेख,
(च) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
(छ) विभागले तोकेका अन्य कागजातहरू ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै उद्योग वा खास व्यवसायको लागि थप अभिलेखहरू राख्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।
(३) इजाजतपत्रवालाले यस नियमबमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा त्यस्तै अन्य यान्त्रिक प्रणालीमा विभागले तोकिदिए बमोजिमको तरिका अपनाइ राख्न सक्नेछ ।
(४) यस नियमबमोजिम इजाजतपत्रवालाले राखेको अभिलेख अन्तशुल्क अधिकृतले कारोबार समय वा कार्यालय समयमा जुनसुकै बखत हेर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम अन्तशुल्क अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा माग गरेका कागजात र विवरण उपलब्ध गराउनु र आवश्यक सहयोगका लागि कर्मचारीको व्यवस्था गर्नु इजाजतपत्रवालाको कर्तब्य हुनेछ ।